कांग्रेस एमसिसी पन्छाएर गठबन्धन जोगाउनतर्फ लाग्दैन : मीन विश्वकर्मा
फाइल तस्वीर

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताएका छन् ।

मंगलबार उनले एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलले नै गलत प्रचारबाजी गरी भ्रम सिर्जना गराएको बताएका हुन् । नानाथरीका भ्रम सिर्जना गरेर प्रचारबाजी गर्दा देश, जनता र यो देशको अन्तर्राष्ट्रिय छवि पनि धमिलिएको उनको भनाइ छ ।

'जुन जुन दलहरू त्यसमा सम्बद्ध हुनुभएको छ, आफैँले गरेका कामहरूका बारेमा आफैँले टिप्पणी गरेर फरक मत राख्नुभएको छ, त्यस्तो नगर्नुस् भन्ने नेपाली कांग्रेसको हार्दिक अनुरोध छ । आम नेपाली जनताको पनि यो अनुरोध छ,’ उनले भने ।

नेता विश्वकर्माले राष्ट्रिय सरोकारको विषय एमसीसी परियोजनालाई यथास्थितिमा राखेर गठबन्धन जोगाइ राखेमा जनताले सत्तारूढ दलहरूलाई नपत्याउने बताए । राष्ट्रिय सरोकारको विषयलाई टुंगोमा पुर्‍याउनुपर्नेमा उनको जोड छ ।

उनले गठबन्धनलाई जीवित राख्दै एमसीसी परियोजनाको विषयलाई टुंगोमा पुर्‍याउन चाहेको उनले स्पष्ट पारे । राष्ट्रिय सरोकारका विषयलाई पन्छाएर गठबन्धन जोगाउनतर्फ कांग्रेसको चासो नरहेको नेता विश्वकर्माले बताए ।

‘राष्ट्रिय सरोकारका मुद्दा चाहिँ यथास्थितिमा रहने, त्यो कुनै पनि निष्कर्षमा नपुग्ने, तर गठबन्धन चाहिँ जोगाइ रहनुपर्छ अथवा गठबन्धन टुट्छ कि, गठबन्धन बिग्रिन्छ कि भनेर राष्ट्रिय मुद्दालाई यथास्थितिमा लथालिङ्ग छोडेर गठबन्धन जोगाइ राख्दा खोरी जनताले हामीलाई पत्याउँदैनन्,' उनले भने, 'त्यसो भएको हुनाले जनताले पत्याउने गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायले नेपाललाई पत्याउने गरी भुमिका निर्वाह गर्नु भनेको राष्ट्रिय पेचिला मुद्दाहरूलाई, राष्ट्रिय सरोकारका मुद्दालाई टुंगोमा पुर्‍याउनु हो ।'



उनले कांग्रेसकै नेतृत्वमा निर्वाचन सम्पन्न होस् भन्ने कुरामा प्रमुख प्रतिपक्षी दल र सरकारमा सम्बद्ध दलहरू पनि सन्तुष्ट रहेको बताए । निर्वाचनलाई सतप्रतिशत निष्पक्ष बनाउन कांग्रेसले प्रयत्न गर्ने उनको भनाइ छ ।



  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १५:३७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया