देशभर थपिए १९५७ कोरोना संक्रमित, ११ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९२ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

यही अवधिमा ५ हजार १०३ जना कोरोना मुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख २० हजार ५९२ पुगेको छ ।

आज थप ११ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८३८ पुगेको छ ।

देशभर ३६ हजार १८१ जना सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १६:३३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया