कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

आफ्नै श्रीमतीकाे हत्या गरी फरार रहेका वीरेन्द्रनगर-१० बुदबुदेटोल, सुर्खेतका धनराज सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

महावु गाउँपालिका-३ कालिकोट स्थायी घर भएका ४५ वर्षीय सिंहले २०५८ साल साउन २८ गते श्रीमतीकाे हत्या गरेका थिए ।

श्रीमतीको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालत सुर्खेतले सिंहलाई पुर्पक्षका लागि कारागार कार्यालय सुर्खेतमा पठाएको थियो । तर, उनी २०५८ साल माघ २ गते कारागारबाट सुरुङ खनी भागेका थिए ।

उनलाई २० वर्षको कैद सजाय तोकिएको थियो । अदालतबाट २० वर्षको सजाय तोकिए पनि उनी फरार नै रहेको थिए । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीले सिंहलाई सोमबार पक्राउ गरी जिल्ला अदालत सुर्खेतमा पेस गरेको कार्यालयले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १६:४०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया