ए डिभिजन लिगको १०औँ चरण २८ माघबाट हुने

सहिद स्मारक ए डिभिजन लिगको १०औँ चरण २८ माघबाट सुरु हुने भएको छ । 

अखिल नेपाल फुटबल संघ ( एन्फा)ले मंगलबार निकालेको तालिकाअनुसार २८ माघमा हुने १०औँ चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ । दोस्रो खेल त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । 

एन्फाले तीन चरणको तालिका सार्वाजनिक गरेको छ । जसमा १२औँ चरणका सबै खेल दशरथ रंगशालामा हुँदा १०औँ चरणको एक तथा ११औँ चरणका दुई खेल एन्फा कम्प्लेक्समा हुनेछन् ।

नवौँ चरणको समाप्तीसम्म मछिन्द्र २३ अंकका साथ शीर्ष स्थान तथा मनाङ मस्र्याङ्दी क्लब १९अंकका साथ दोस्रो स्थानमा छन् । त्यस्तै, च्यासल युथ क्लब ५ तथा फ्रेन्ड्स क्लब ३ अंकका साथ रेलिगेसन जोनमा छन् ।  


 





  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १८:४९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया