इंग्लिस प्रिमियर लिगः म्यानसेस्टर सिटीमाथि चेल्सी हावी

एजेन्सी– इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार बेलुका भएको खेलमा चेल्सीले साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । चेल्सीले सिटीमाथि २–० को जित निकालेको हो । चेल्सीका लागि निगोलो कान्टे र डेभिज लुइजले गोल गरेका हुन् । 

खेलको पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीले गोल गरेको हो । दोस्रो गोल भने ७८औं मिनेटमा डेभिडले गरेका हुन् । दुई सशक्त टोलीबीचको खेल अवधिभर सिटीले बल नियन्त्रणमा राखेको थियो । तर पनि चेल्सीसामु सिटी हार स्वीकार्न बाध्य भयो । 

म्यानचेस्टर युनाइटेड र आर्सनलको जित

त्यसैगरी, शनिबार राति भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले फुलह्याममाथि उत्कृष्ट नतिजा निकालेको छ । युनाइटेडका लागि रामेलु लुकाकु, एस्ले योङ, हुवान माटा र मार्कुस रासफोर्डले गोल गरेका थिए । फुलह्यामका लागि अबौबाकर कामराको गोल सान्त्वनमा सीमित भयो ।  

त्यस्तै, शनिबारको अर्को खेलमा आर्सनलले हडर्सफिल्डलाई पराजित गरेको छ । आर्सनलले १–० गोलअन्तरमा हडर्सफिल्डमाथि जित निकालेको हो । आर्सनलका लागि लुकास टोरेइराले खेल सकिन सात मिनेट बाँकी छँदा गोल गरेका हुन् ।  



टोटनह्यामले लेस्टर सिटीलाई हरायो



शनिबार राति सम्पन्न अर्को खेलमा टोटनह्यामले लेस्टर सिटीमाथि जित निकालेको छ । टोटनह्यामले लेस्टरमाथि २–० को नतिजा निकालेको हो । टोटनह्यामका लागि हेउङ मिनले पहिलो हाफको अन्त्यमा र डेले अली ५८औं मिनेटमा गोल गरेका हुन् ।

याेसँगै प्रिमयर लिगमा लिभरपुल ४२ अंकका साथ पहिलाे स्थानमा पुगेकाे छ । दाेस्राे स्थानमा रहेकाे सिटीकाे ४१ अंक छ । तेस्राे स्थानका रहेकाे टाेटनह्यामकाे ३६ अंक छ ।

तथ्यांकमा इंग्लिस प्रिमियर लिगः


 

  • प्रकाशित मिति : मंसिर २३, २०७५ आइतबार ८:३६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया