पश्चिमी वायुको सक्रियता फेरि बढ्यो, तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

फेरि नेपालमा पश्चिमी वायुको प्रभाव बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव सक्रिय भएपछि आगामी तीन दिन धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना छ ।

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । साथै, बागमती तथा प्रदेश-१ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकीलगायत बागमती र प्रदेश १ का पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने मौसमविद्को पूर्वानुमान छ । पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै हल्का हिमपातको पनि सम्भावना रहेको छ ।  

त्यस्तै, बिहीबार र शुक्रबार पनि मौसम सुधार हुने सम्भावना कम रहेको महाशाखाले जनाएको छ । बिहीबार प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । 

भोलि राति प्रदेश–१, बाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । शुक्रबार पनि प्रदेश–१, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

बिहीबार राति प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, बाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



आगामी २४ घण्टाका लागि मौसमविद्को चेतावनी 

आउँदो २४ घण्टाको अवधिमा देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले त्यसको प्रभावबाट जोगिन मौसमविदले अनुरोध गरेका छन् । 



‘देशभर मौसम बदली भई सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेश तथा प्रदेश–१ का थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ, ‘साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।’ 

  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार ६:५९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया