‘ए’ डिभिजन लिगमा च्यासलको सामना गर्दै पुलिस

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज विभागीय टोली नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । लिगको नवौं चरणअन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

कोरोनाका कारण स्थगित पुलिस र च्यासलबीचको खेल आज हुन लागेको हो । यसअघि यो खेल २ माघमा हुने तालिका रहे पनि च्यासलका १९ खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो । 

स्थगित खेल शनिबार हुने तय थियो । तर, वर्षाका कारण मैदान खराब भएपछि खेल आजका लागि सारिएको हो । बुधबार दुवै टोली जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको पुलिस च्यासलविरुद्ध जित निकाल्दै अंक तालिका सुधार्ने प्रयासमा हुनेछ ।

८ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको च्यासलका लागि पनि रेलिगेसन क्षेत्रबाट माथि उठ्न पुलिसविरुद्ध जित निकाल्नैपर्ने दबाब छ । 





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार ८:४३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया