बाजुरामा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कन्चनपुरकाे शुक्लाफाटा नगरपालिका-८ स्थित झालारी घर भई बाजुराको सेती कर्णाली एकेडेमी बोर्डिङ स्कुलमा अध्यापन गराउँदै आएका शिक्षक भीम ठगुन्ना रहेका छन् ।
ठगुन्नाले राति होटलमा सुतिरहेकी एक बालिकालाई जबरजस्ती करणी गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएकाे हाे ।
जाहेरी दर्ता भएपछि उनलाई माघ २३ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
पक्राउ ठगुन्नालाई जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।