सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार भएकाे खेलमा विभागीय टाेली नेपाल पुलिस क्लब विजयी भएकाे छ ।
पुलिसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासल युथ क्लबमाथि २-१ काे राेमाञ्चक जित हात पारेकाे हाे ।
खेलको ३७ औं मिनेटमा रविशंकर पासवानले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।
नीर कुमार राईकाे पासमा उनले पेनाल्टी क्षेत्रबाट गरेकाे क्रस बलले सिधै जाली चुमेकाे थियाे ।
५३ औं मिनेटमा माेसा अवगानाले पेनाल्टीमार्फत गाेल गर्दै च्यासललाई १-१ काे बराबरीमा ल्याए ।
पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो ।
७० औं मिनेटमा रविले व्यक्तिगत दोस्रो गाेल गर्दै टाेलीलाई २-१ काे रोमाञ्चक जित दिलाए ।
उनले सुमन लामाले उपलब्ध गराएको पासलाई पाेस्टकाे दिशा दिएका थिए ।
याेसँगै प्रतियोगितामा दोस्रो जित हात पारेकाे पुलिसले ९ खेलमा १० अंक जाेड्दै १० औं स्थानमा उक्लिँदा पराजित च्यासल समान खेलबाट ५ अंकका साथ १३ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।