इन्डोर क्रिकेट प्रतियाेगिता फागुन १८ गतेदेखि सुरु

प्रथम इन्डोर कर्पोरेट लिग क्रिकेट (आइसिएल) लिग प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ। 

हिमालय स्पोर्ट्स म्यानेजमेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलन गरी ग्रेट हिमालय क्रिकेट एकेडेमीको सहकार्यमा प्रथम इन्डोर कर्पोरेट लिग क्रिकेट आयोजना गर्ने जानकारी गराएको हो । 

प्रतियोगिता फागुन १८ देखि २१ गतेसम्म हात्तीवनस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीको नव निर्माण हलमा आयोजना हुनेछ । 

कूल १६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा १० ओभरको खेल हुने आयोजकले जनाएको छ।  लिगको एक टोलीमा १० जनाको टोली रहनेछन् । १० मध्ये ८ खेलाडीले एक खेलमा सहभागिता जनाउन पाउनेछन् ।

लिग कम नकआउट फर्म्याटमा खेलाइने लिगको दर्ता शुल्क ४० हजार रहेको छ । विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कूल २७ खेल हुनेछन् । 





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार १६:५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया