हिजाब विवादमा लालु यादव भन्छन्– मोदी सरकारमा देश गृहयुद्धतर्फ जाँदैछ
फाइल फाेटाे

राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले कर्नाटकमा चलिरहेको हिजाब विवादलाई लिएर भारतीय जनता पार्टी(भाजपा) सरकारको आलोचना गरेका छन् । 

पटनामा पत्रकारसँगको कुराकानीमा उनले भाजपाकाे आलाेचना गरेका हुन् ।

यादवले भने, ‘मोदी सरकारको नेतृत्वमा देश गृहयुद्धतर्फ उन्मुख छ ।’ 

यसको जिम्मेवारी सरकारको हुने उनले बताए ।

देशमा यति धेरै बेरोजगारी, गरिबी छ तर त्यसको कहिल्यै चर्चा नभएको उनकाे भनाइ छ । 

यादवले युपी चुनाव बारेमा आफ्नो प्रतिक्रिया दिँदै राज्यमा भाजपालाई सखाप पार्ने चेतावनी पनि दिए। उनले युपीका मतदाताहरूलाई भाजपालाई हराउन अपील पनि गरे। युपीमा पहिलो चरणको मतदान १० फेब्रुअरी अर्थात् बिहीबार हुने भएको छ ।



गत हप्ता कर्नाटकको उडुपीमा हिजाब लगाएर कलेज जाने युवतीलाई लिएर विवाद भएको थियो । कलेज प्रशासनले छात्राहरू कलेजको पोसाकमा आउनु पर्ने भनेको छ । त्यसपछि विरोध सुरु भएकाे हाे । पछि हिजाब समर्थक र हिजाब विरोधीबीच झडप भएको थियो ।

झडपपछि कर्नाटकका सबै स्कुल तथा कलेज तीन दिनका लागि बन्द गरिएकाे छ । 



छात्राहरूले हिजाब लगाउन रोक लगाएको भन्दै उच्च अदालतमा निवेदन दिएका छन् । उनीहरू हिजाब लगाउनु उनीहरूको संवैधानिक अधिकार भएको बताउँछन् ।

  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार १६:१९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया