सुर्खेतमा लागुऔषधसहित पाँचजना पक्राउ

लागुऔषधसहित प्रहरीले सुर्खेतबाट पाँचजना पक्राउ गरेको छ । दुई फरक–फरक स्थानबाट प्रहरीले आज उनीहरुलाई पक्राउ गरेको हो ।
 
वीरेन्द्रनगर ११ पिपिराचौकबाट सोही स्थानका २२ वर्षीय गौरव सुनार, २४ वर्षीय महेश सुनार र ४६ वर्षीय तिलाराम पुरीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट २ सय मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जानकारी दिएको छ ।
 
त्यस्तै, वीरेन्द्रनगर ९ शान्तिटोलबाट सोही स्थानका २५ वर्षीय अजयसिंह चौधरी र २५ वर्षकै राजु गाइनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १ सय ६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद गरिएको हो । 

उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार १९:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया