शुक्रबारबाट पशुपतिनाथ मन्दिर दर्शनार्थीका लाागि खुला

पशुपति क्षेत्र विकास कोषले आगामी शुक्रबारबाट दर्शनार्थीका लाागि पशुपतिनाथको मन्दिर खुला गर्ने भएको छ । 

काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले २८ गतेबाट खुला गर्न लागिएको कोषले जनाएको छ ।

विश्‍व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार भक्तजनलाई दर्शन गर्न दिने कोषले जारी गरेको सूचनामा उल्लेख छ । 

कोभिड–१९ को तेस्रो लहर सुरु भएपछि मन्दिर प्रवेशमा निषेध गरिएको थियो । दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय भएको हो । 





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार २०:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया