संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले आलेविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेका हुन् ।
डा. रेग्मीले दायर गरेको मुद्दामा पर्यटनमन्त्री आलेले आफूलाई सार्वजनिक स्थलमा अपशब्द बोलेर आफ्नो मर्यादामा समेत आँच पुर्याएको दाबी गरेका छन् । उनले मन्त्री आलेसहित नौजनाविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
मुद्दामा बोर्डका अध्यक्ष महेश्वर न्यौपाने, उपाध्यक्ष चन्द्रप्रसाद रिजाल, सदस्यहरु पद्मादेवी पौडेल धमला, विप्लव पौडेल, डावाडिमा शेर्पा, कृष्णकुमार शाह, तारानाथ अधिकारी, होमप्रसाद लुइँटेललाई विपक्षी बनाइएको छ ।
अदालतको फैसला नआउँदै बोर्ड सञ्चालक समितिले छानबिनका नाममा प्रतिवेदन बुझाउने र आफूलाई स्पष्टीकरण सोधेको भन्दै रेग्मीले मंगलबार मुद्दा दर्ता गरेका हुन् ।
यसअघि रेग्मीले मन्त्री आलेले आफूलाई निलम्बन गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले पुस ४ गते उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेशसमेत दिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।