होटल याक एण्ड यतिको बैंक खाता र सम्पत्ति कारोबार रोक्का

संस्कृति पर्यटन तथा नागरिक उड्डयन​मन्त्री प्रेमबहादुर आलेले दरबारमार्गमा रहेको याक एण्ड यति होटल लिमिटेडको क्यासिनो सञ्चालन इजाजत र होटलस्तर निर्धारण प्रमाणपत्र रद्द गरेका छन् । 

मन्त्री आलेको (मन्त्रीस्तरीय) निर्णयबाट याक एण्ड यतिको क्यासिनो सञ्चालन इजाजत र होटल स्तर निर्धारण प्रमाणपत्र रद्द गरिएको हो। 

पर्यटन विभागले सो होटललाई पत्र लेख्दै क्यासिनो सञ्चालन गर्न पाउने इजाजत बापतको राजस्व, इजाजत नवीकरण दस्तुरलगायतको रकम दाखिला नगरेका कारण क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने, होटलको पाँच (५) तारा स्तरको स्तर वर्गीकरण प्रमणपत्र रद्द गर्ने निर्णय भएको जनाएको छ । 

विभागले राजस्व तिर्न भनेर सार्वजनिक सूचना जारी गर्दै दिइएको ३५ दिने तथा थप १५ भाकामा रकम दाखिला नगरेकाले होटलको सम्पूर्ण बैंक खाता तथा वित्तीय कारोबार रोक्का राखिएको जनाएको छ। 

होटलले क्यासिनो सञ्चालन गर्न पाउने इजाजत बापतको राजस्व, इजाजत नवीकरण दस्तुरलगायत ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ बुझाउन बाँकी छ। होटलको नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति रोक्का राख्ने निर्णय भएको पनि विभागले होटललाई जानकारी गराएको छ। 





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार २१:५६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया