प्रिमियर लिगमा म्यानचेस्टर सिटीकाे सहज जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत आज बिहान सम्पन्न खेलमा लिग लिडर म्यानचेस्टर सिटीले ब्रेन्टफाेर्डमाथि २-० को सहज जित हात पारेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई जित दिलाउन रियाद महारेज र केभिन डि ब्रुइनले एक/एक गोल गरे ।

खेलकाे ४० औं मिनेटमा महारेजले पेनाल्टीमार्फत गाेल गर्दै घरेलु टाेलीलाई अग्रता दिलाए । ६९ औं मिनेटमा ब्रुइनले गोल गरेपछि सिटीले २-० को सहज जित निकाल्याे ।

याे जितसँगै शीर्ष स्थानमा कायम रहेकाे सिटीले २४ खेलमा ६० अंक जाेडेको छ । पराजित ब्रेन्टफाेर्ड समान खेलबाट २३ अंकका साथ १४ औं स्थानमा छ ।

लिगअन्तर्गत नै भएका अन्य खेलमा साउथह्यामटनले टाेटेनहममाथि ३-२ काे राेमाञ्चक जित निकाल्दा एस्टन भिल्लाले लिड्स युनाइटेडसँग ३-३ तथा नर्विच सिटीले क्रिस्टल प्यालेससँग १-१ को बराबरी खेले । 






  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार ७:३३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया