पशुपतिनाथ मन्दिर भोलिदेखि खुला

कोरोना महामारीको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द पशुपतिनाथ मन्दिर भोलि (शुक्रबार)देखि खुला हुने भएको छ । 

पशुपति क्षेत्र विकास कोषका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको हो ।  

विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।

फेरि कोरोना संक्रमित बढ्न थालेपछि ५ माघदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।   





  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार ९:२१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया