प्रचण्डसँगको भेटमा शेखरले भने- चुनावमा गठबन्धन गरेर कांग्रेसलाई फाइदा छैन

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आगामी चुनावमा आफूहरू गठबन्धन नजाने बताएका छन् । आज बिहान खुमलटारमै पुगेर कोइरालाले प्रचण्डलाई कांग्रेसलाई फाइदा नहुने भएकाले आफूहरू गठबन्धनमा नजाने बताएका हुन् । 

उनले भेटमा माओवादी कार्यकर्ताले धोका दिने भएकाले चुनावमा गठबन्धन कांग्रेसका लागि उपयुक्त नहुने पनि बताए । 

‘सरकारमा गठबन्धन छँदैछ, आगामी सरकारमा पनि गठबन्धन गर्न सकिन्छ । तर, अहिले चुनावमा गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा छैन, त्यो पुरानै सिकाइ हो,’ कोइरालाले भने, ‘कांग्रेसले तपाईंलाई भोट हाल्छन् । तर, तपाईंका कार्यकर्ताले रुखमा भोट हाल्दैनन् । बरु एमालेतिरै लाग्छन् । त्यसैले गठबन्धन गर्दा तपाईंलाई र कांग्रेस दुवैलाई फाइदा छैन ।’ 

कोइराला र प्रचण्डबीच गठबन्धनबाहेक एमसिसी र समसामयिक राजनीतिक विषयमा झण्डै १ घण्टा छलफल भएको थियो । 





  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार १२:१९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया