शेखर कोइरालाले प्रचण्डलाई भने- माओवादी कार्यकर्ताले कांग्रेसलाई होइन, एमालेलाई भोट दिन्छन्

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा समेत नेपाली कांग्रेसले गठबन्धन नगर्ने बताएका छन् । 

आज बिहान खुमलटारमा प्रचण्ड निवासमा भएको छलफलमा कोइरालाले निर्वाचनमा गठबन्धन गर्दा नेपाली कांग्रेसलाई फाइदा हुनेभन्दा बेफाइदा हुने भएकाले गठबन्धन नगर्ने बताएका हुन् ।

‘उहाँले आफूनिकट नेताहरूसँग पनि छलफल गर्नु भएको छ’, कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले फरकधारसँग भने, ‘त्यही छलफलमा गठबन्धन नगर्ने विषयमा सबैजना एक जुट भएकाले कोइरालाले त्यही विषयमा प्रचण्डलाई भन्नु भएको हो ।’

थपलियाका अनुसार कोइरालाले प्रचण्डलाई भनेका छन्, ‘हामीले तपाईंलाई भोट हाले पनि तपाईंका कार्यकर्ताले हामीलाई भोट हाल्दैनन्, बरु उनीहरूले एमालेलाई भोट हाल्छन् ।’

यही कारणले पनि आफूहरू गठबन्धनको पक्षमा नभएको कोइरालाले बताएका हुन् । 

कोइरालाले पछिल्लो समय नेताहरूसँगको भेटलाई तीव्रता दिएका छन् । बुधबार मात्रै कोइराला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।





  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार १३:७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया