सम्मरिमाई गाउँपालिका अध्यक्ष माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत

रुपन्देहीको सम्मरिमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनलाई बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् । 

उनीसहित वडा अध्यक्ष श्रवणकुमार यादव लगायत जनप्रतिनिधि र राजनीतिक कार्यकर्तालाई पार्टीमा स्वागत गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । 

अध्यक्ष शुक्ला मधेसी जनअधिकार फोरम, नेपालबाट अघिल्लो निर्वाचनमा विजयी भएका थिए । 

शुक्लाका निकट प्रतिस्पर्धी कांग्रेस विनोद कुमार श्रीवास्तव र स्वतन्त्र उम्मेदवार अशोककुमार शुक्ला थिए । 

उनले पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको यसअघि नै जनाइसकेका थिए ।





  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार १४:५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया