फिफा वरीयतामा दुई स्थानमाथि उक्लियाे नेपाल

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ ।

फिफाले बिहीबार फेब्रुअरी महिनाका लागि सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १६७ औँ स्थानमा उक्लिएकाे हाे ।

अघिल्लो वरीयतामा नेपाल १६९ औँ स्थानमा रहेको थियाे । 

नेपालले यसै महिना माेरिससविरुद्ध घरेलु मैदान दशरथ रंगशालामा भएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जितेको थियो ।

माघ १५ र १८ गते भएको खेलमा नेपालले समान १-० काे जित हात पारेकाे थियाे ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा छ ।



नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १०४ तथा माल्दिभ्स १५७ औँ स्थानमा छन्।

नेपालभन्दा तल बंगलादेश १८६, भुटान १८५, पाकिस्तान १९७ र श्रीलंका २०४ औँ स्थानमा छन्।    



नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत छ ।  ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड इटाली, स्पेन, पोर्चुगल , डेनमार्क नवौं र नेदरल्यान्ड्स दोस्रो देखि १० औँ स्थानमा छन् ।

  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार १५:४७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया