जेम्स बोन्डको फ्रेन्चाइजी चलचित्र ‘नो टाइम टु डाइ’ गत वर्ष हलमा रिलिज भएको थियो । अब भने यो चलचित्र मार्च ४ देखि ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा देख्न सकिनेछ।
नो टाइम टु डाइ अमेजन प्राइम भिडियोमा हिन्दी, अङ्ग्रेजी, तमिल, तेलुगु, मलायालम र कन्नड भाषामा स्ट्रिम गरिने भएकाे हाे ।
जेम्स बाेन्ड फ्रेन्चाइजीको २५ औं फिल्म र डेनियल क्रेगको अन्तिम बन्ड फिल्म ‘नो टाइम टु डाइ’ २०२१ को सबैभन्दा सफल चलचित्रहरूमध्ये एक थियो । यसले विश्वव्यापी बक्स अफिसमा ७७० मिलियन अमेरिकी डलरभन्दा बढी कमाएको थियाे । नाे टाइम टु डाइ क्रेगकाे पाँचाैँ बाेन्ड चलचित्र हाे ।
विश्वको नम्बर एक जासुस फ्रेन्चाइज मानिने जेम्स बोन्डकाे चलचित्र अब नेपालका दर्शकले घरमै बसेर आफ्नो मोबाइलमा हेर्न सक्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।