नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८८० नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
सोही अवधिमा २ हजार २३८ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख ३० हजार ६०७ पुगेको छ ।
नेपालमा थप १२ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म ११ हजार ८६४ जनाको मृत्यु भएको छ ।
देशभर २९ हजार ४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।