एमसिसी नेपालका लागि आवश्यक छ, पास हुनुपर्छ : शशांक कोइराला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले एमसिसी नेपालको लागि राम्रो भएको र यो पास हुनुपर्ने बताएका छन् । बिहीबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै केन्द्रीय सदस्य कोइरालाले एमसिसीको बारेमा जनताहरुलाई बुझाउन आवश्यक रहेको बताए । 

एमसिसी नेपालका लागि राम्रो परियोजना भएको दाबी गर्दै उनले भने, ‘अमेरिकी सेनाहरु यहाँ आउने होइन। यहाँकै नियम कानुनअनुरुप एमसिसी चल्छ। ५०० मिलियन डलरको यो ग्रान्डमा कुनै किसिमको स्ट्रिङ एट्याच छैन ।’

बैठकमा नेता रामशरण महतले एमसिसीको बारेमा ब्रिफिङ गरेको र उनले यसलाई स्वीकार गर्नुपर्छ भनेर बताएको कोइरालाले बताए।

आफूले बैठकमा गठबन्धनको विषयमा कुरा राखेको उनले बताए। उनले कांग्रेसले आफ्नै अस्तित्व जोगाउनका लागि अन्य पार्टीसँग मिल्न नहुने धारणा राखेको उनले जानकारी दिए ।

बैठकमा भातृ तथा शुभेच्छुक संस्थाहरु छिटोभन्दा छिटो टुंगो लगाउनुपर्ने कुरा भएको उनले बताए । स्थानीय तहको निर्वाचनभन्दा पहिले र केहीको पछि अधिवेशन गर्ने भन्ने कुरा भएको उनले जानकारी दिए।
 





  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार १७:२९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया