सहिद स्मारक ए डिभिजन लिगका दशौँ चरणका खेल शुक्रबारबाट

सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेल शुक्रबारबाट सुचारु हुँदै छन् । शुक्रबारबाट सुचारु हुने लिगमा रेलिगेसनमा क्षेत्रमा रहेको फ्रेन्ड्सले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्दै छ । दुवै टोली शुक्रवार आमने सामने हुँदै दुवै टोली रेलिगेसन क्षेत्रभन्दा माथि पुग्न स्पष्ट तीन अंकका लागि प्रतिस्पर्धा गर्दै छन् ।

बिहीबार खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीले जितका लागि खेल्ने बताएका छन् । फ्रेन्ड्सका प्रशिक्षक म्रिगिन्द्र मिश्रले कोरोनालाई भ्याक्सिन आवश्यक भएजस्तै आफ्नो टोलीलाई रेलिगेसनबाट बच्न तीन अंक आवश्यक भएको बताए । 

ब्रिगेड ब्वाइज पनि फ्रेन्ड्सविरुद्ध मैदान उत्रिँदा तीन अंकका लागि नै प्रतिस्पर्धा गर्नेछ । किनभने ब्रिगेडलाई पनि रेलिगेसन क्षेत्र टार्न निकै संघर्ष गर्नुपरेको छ । ब्रिगेड ब्वाइजका प्रशिक्षक समीर विष्टले फ्रेन्ड्सविरुद्ध गर या मरको खेल भएकाले जित बाहेकको विकल्प नभएको बताए । 

दशाैँ चरणअन्तगर्तको खेलमा थ्री स्टारले बलियो मनाङ मर्स्याङ्दीविरुद्ध खेल्दै छ । अघिल्ला खेलमा अनपेक्षित नतिजा निकालेको थ्री स्टारलाई पुरानो शाख जोगाउने लक्ष्यका साथ मैदान उत्रिँदै छ । चिर परिचित प्रतिद्वन्द्वीविरुद्ध मैदान उत्रिन थ्री स्टार तयार भएको प्रशिक्षक उर्जन श्रेष्ठले बताए । अघिल्ला संस्करणमा मनाङलाई हराउँदै इतिहास बनाएकोले तीन अंक खोस्नका लागि खेल्ने उनले बताए । 

दशौँ चरणको लिगअन्तर्गत शीर्ष स्थानको मच्छिन्द्रले च्यासल युथ क्लबसँग खेल्दै छ । मच्छिन्द्रका प्रशिक्षकले च्यासलसँगको खेलमा जित निकाले दोस्रो स्थानका टोलीसँग अग्रता तीन अंकभन्दा बढी मिल्दा उपाधि होडलाई सहज हुने भन्दै तीन अंकका लागि खेल्ने बताए । 

लिगमा नवौँ चरणको खेल सकिँदासम्म मच्छिन्द्र २३ अंकका साथ तालिकाको पहिलो स्थानमा रहँदा १९ अंक जोडेर मनाङ दोस्रो स्थानमा छ । मनाङभन्दा दुई अंकले पछि रहेको त्रिभुवन आर्मी फुटबल क्लब पनि शीर्ष तीनभित्र अटाउने रणनीतिका साथ आउँदा खेलमा प्रतिस्पर्धा गर्दै छ । 





  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार १८:१५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया