भारतले नेपालसित जोडिएका सीमानाका चार दिन बन्द गर्ने

भारतले नेपालसित जोडिएका सीमा नाका चार दिन बन्द गर्ने भएको छ । भारतले यही माघ २८ देखि फागुन २ गतेसम्म बन्द गर्न लागेको हो । 

उत्तराखण्ड राज्यमा हुने विधानसभा निर्वाचनका लागि ती नाका बन्द हुने भएका हुन् । बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलंगा, तिगरम र सीतापुल नाका शुक्रबार साँझ ५ बजेदेखि बन्द हुनेछन् । 

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार सो विषयमा भारतीय प्रशासनले बैतडी र दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएका हुन् ।





  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार २०:२७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया