सौता हत्याको आरोपमा एकजना पक्राउ

बैतडीमा हत्याको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरालाई प्रहरीले पक्रउ गरेको हो  ।

महरालाई आफ्नै सौता ४० वर्षीया चन्द्रा महराको हत्या गरेको आरोपमा पक्राउ गरिएको  हो । चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

पक्राउ परेकी नारुले बयानका क्रममा सौताको हत्या गरेको स्वीकार समेत गरेको शाहीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यही माघ १८ गते घरनजिकैको बाँझो घरमा चन्द्रा मृत फेला परेकी थिइन् । चन्द्राको घाँटी र मुखमा चोट रहेको थियो ।

नारुले घटनाअघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।





  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार २०:५१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया