हिजाब विवादमा कंगना रनौत पनि जोडिइन्

भारतको कर्नाटकको उडुपी जुनियर कलेजमा हिजाबलाई लिएर सुरु भएको विवादले राजनीतिक रूप लिएको छ । यस मामिलामा राजनीतिज्ञसँगै बलिउड स्टारहरूले पनि आफ्नो प्रतिक्रिया दिइरहेका छन् । यस विवादमा अहिलेसम्म बलिउड स्टार ऋचा चड्डा, जावेद अख्तरजस्ता धेरै स्टारले आफ्नो प्रतिक्रिया दिएका छन् ।

यो लहरमा बलिउडकी ‘पंगा गर्ल’ कंगना रनौत पनि जोडिएकी छन् । कंगना रनौत देशमा चलिरहेको हरेक मुद्दामा खुलेर बोल्छिन् र अहिले हिजाबको विवादमा पनि उनले आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

कंगना रनौतले आफ्नो आधिकारिक इन्स्टाग्राममा एक स्टोरी सेयर गरेकी छिन्, जुन लेखक आनन्द रंगनाथनको पोस्टको स्क्रिनसट हो । यस पोस्टमा इरानको परिवर्तनको झलक दुई तस्बिरमार्फत देखाइएको छ ।

पहिलो तस्बिरमा सन् १९९७ मा इरानी महिला बिकिनीमा देखिएका छन् भने अर्कोमा महिला बुर्का लगाएको देखिएका छन् । यो तस्बिरमा सन् १९७३ को इरान र अहिलेको इरान लेखिएको छ ।

आफ्नो इन्स्टा स्टोरीमा आनन्द रंगनाथनको पोस्टको स्क्रिनसट सेयर गर्दै कंगना रनौतले पनि यस विषयमा आफ्नो धारणा राखेकी हुन् । कंगना रनौतले लेखेकी छिन्, 'हिम्मत छ भने अफगानिस्तानमा बुर्का नलगाएर देखाउ... आफूलाई पिंजराबाट मुक्त हुन सिक ।'

यो घटना कर्नाटकको उडुपीको एउटा कलेजको हो । जहाँ जनवरीमा हिजाब लगाएर कलेजमा आएका केही छात्रालाई कक्षामा प्रवेश गर्न रोक लगाइयो । यही कारण एक छात्राले कर्नाटक उच्च अदालतमा याचिका दायर गर्दै हिजाब लगाएर कक्षामा जान अनुमति मागिन् ।



यसैबीच कर्नाटकको एउटा कलेजको भिडियो पनि सामाजिक सञ्जालमा देखिएको छ । भिडियोमा हिजाब लगाएर कलेज आएकी छात्रालाई युवाले जय श्री रामको नारा लगाउन भन्छन् । छात्राले अल्लाह हो अकबर भन्दै जवाफ दिन्छिन् । यो भिडियोले इन्टरनेटमा हंगामा मच्चाएको छ ।



  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार २१:६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया