अमेरिकी मन्त्रीले धम्की दिनुले एमसिसी नेपालको हितविरुद्ध भएको पुष्टि : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले प्रमुख पार्टीका शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीले एमसिसी पास गर्न धम्की र चेतावनी दिएको भन्दै त्यसबारे जानकारी माग गरेका छन् । 

एमसिसीले दिएको डेडलाइननजिक आउँदा पनि दलहरु निर्णयमा पुग्न नसकिरहेको बेला बिहीबार अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शीर्ष नेतालाई फोन गरेर पास गर्न दबाब दिएको समाचार सञ्चारमाध्यमहरुमा प्रकाशन भएको थियो । 

नेता रावलले शीर्ष नेतालाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने समाचार आएकाले यसबारे यथार्थ जानकारी दिन माग गरेका छन् ।  

यदि यसरी धम्की दिइएको भए एमसिसीसँगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानकाविरुद्ध भएको थप पुष्टि हुने उनको भनाइ छ । 





  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार २१:४९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया