दाङको जुत्ता पसलमा आगलागी : मृतक पाँचै जनाको पहिचान खुल्यो
मृतक पाँचमध्ये चार बालबालिका
फाइल तस्बिर

दाङको एक जुत्ता-चप्पल पसलमा भएको आगलागीमा परी मृत्यु भएका पाँच जनाकै पहिचान खुलेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता-चप्पल गोदाममा आज बिहान २ बजेतिर लागेकोमा आगलागीमा चार बालबालिकासहित पाँच जनाको मृत्यु भएको थियो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका आगलागीमा निसासिएर मृत्यु हुनेमा करिब ५-६ वर्षका अबिददिन अली, करिब १३-१४ वर्षीया सजिता खातुन, करिब १४-१५ वर्षीय हसन बकस, करिब १५-१६ वर्षीय मसिन बकस र करिब ४०-४२ वर्षीय नजरदिन अली रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले बिहान ७ बजेतिर आगो नियन्त्रणमा लिएको हो । 

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । 





  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार ९:२४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया