भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा कमी आएको छ । केही दिनयता दैनिक १ हजारभन्दा बढी संक्रमितको मृत्यु भइरहेको भारतमा मृतकको संख्यामा आएको हो ।

बुधबार कोरोनाबाट १ हजार २३८ जनाको मृत्यु भएको भारतमा पछिल्लो २४ घण्टामा ६ सय ५६ जनाले ज्यान गुमाएका छन् । यो संख्या १४ दिनपछिको सबैभन्दा कम हो। यसअघि २९ जनवरीमा ६२७ जनाको ज्यान गएको थियो । त्यसयता मृत्यु हुनेको संख्या १ हजार नाघेको थियो ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा ५६ हजार १७ नयाँ संक्रमित भेटिँदा १ लाख ४९ हजार व्यक्ति निको भएका छन् ।

बुधबारको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या ९ हजारभन्दा बढीले घटेको हो । बुधबार ६५ हजार १५८ नयाँ संक्रमित थपिएका थिए । निरन्तर नयाँ संक्रमित घटेसँगै भारत जनवरीको सुरुवाततिर फर्किएको छ ।

भारतमा ४ जनवरी ५८ संक्रमित भेटिएका थिए ।  त्यसपछि भने त्यहाँ संक्रमितको संख्या दिनहुँ बढेको थियो । २० जनवरीमा भारतमा ३ लाख ४७ हजार संक्रमित भेटिएका थिए । 

देशमा महामारी सुरु भएदेखि हालसम्म भारतमा ४ करोड २४ लाख मानिस संक्रमणको चपेटामा परेका छन् । हाल ७ लाख ८१ हजार संक्रमितको उपचार भइरहेको छ ।



 



  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १०:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया