युएई र आयरल्याण्डबीचको खेल स्थगित

आजदेखि सुरु हुन लागेको चार देशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत युएई र आयरल्याण्डबीचको  स्थगित भएको छ । आयरल्याण्डका खेलाडीको खेल सामग्रीसहितको लगेज समयमै नआएका कारण खेल स्थगित भएको हो ।

आयरल्याण्ड र युएईबीचको सो खेल ओमानको अल अमरेत क्रिकेट मैदानमा बिहान ११ः४५ बजे सुरु हुने तालिका थियो । अब यी दुई टोलीबीचको स्थगित खेल आइतबार हुनेछ ।   

आजै हुने नेपाल र घरेलु टोली ओमानबीचको खेल भने निर्धारित समयमै हुनेछ । यो खेल अपरान्ह पौने ४ बजेदेखि नै सुरु हुनेछ । 





  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १२:१३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया