फागुन १ देखि १८ वर्ष माथिका नागरिकलाई बुस्टर डोज लगाइँदै

सरकारले १ फागुनदेखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने भएको छ । सरकारले १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज दिने भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कार्यकाल सम्हालेको १२५ दिनमा मन्त्रालयमा भएको प्रगतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएका हुन् ।

‘बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज लगाउन दिने निर्णय भएको छ, फागुन १ देखि सबै नागरिकले बुस्टर डोज लगाउन सक्नुहुन्छ,’ उनले भने ।​

सुरुआतमा फ्रन्टलाइनर्सलाई लक्षित गरेको भन्दै फागुन १ देखि भने खोप केन्द्रमा गएर सबैले बुस्टर डोज लगाउन सक्ने मन्त्री खतिवडाले बताए । त्यसको लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने उनले बताए ।





  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १३:१२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया