ए डिभिजन लिग : फ्रेन्ड्सकाे सानदार जित

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारकाे पहिलाे खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि ५-२ काे सानदार जित हात पारेकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा फ्रेन्ड्सलाई पहिलाे जित दिलाउने क्रममा जमोल एन्थोनी फ्रान्कोइस र सुशील शाहले दुई-दुई तथा स्यामबाबु क्यापछकीले एक गाेल गरे ।

ब्रिगेडका लागि ड्याडी जुनियर वाम्बा र अनिल गुरूङले एक-एक गाेल फर्काए ।

खेलको १४ औँ मिनेटमा सुशिलले फ्रिकिकमार्फत् गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए । ड्याडी जुनियर वाम्वाले कप्तान नाथानिल जुडे गार्सियालाई फउल गरेपछि प्राप्त फ्रिकिकमा फ्रेन्ड्सका लागि पहिलो खेल खेलिरहेका सुशिलले गाेल गरेका हुन् ।

२५ औँ मिनेटमा वाम्बाले फ्रिकिकमै गोल गर्दै ब्रिगेडलाई १-१ को बराबरीमा ल्याए । असिम भुसालले भुवन बस्नेतलाई फउल गरेपछि प्राप्त फ्रिकिमा ड्यानीले जाली चुमाएका थिए ।

२७ औँ मिनेटमा श्यामबाबुले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को अग्रता दिलाए । रन्दिप पौडेलले नाथानिल जुडे गार्सियामाथि फउल गरेपनि रेफ्रीले फ्रेन्ड्सलाई एडभान्टेज खेलाउँदा विकास थापाले उपलब्ध गराएकाे पासलाई श्यामले पाेस्टकाे दिशा दिएका थिए ।



उक्त गोलमा विवादमा उत्रिएपछि रेफ्री प्रज्वल क्षेत्रीले वैकल्पिक खेलाडी रजत तिवारीलाई सिधै रातो कार्ड तथा वैकल्पिक गोलरक्षक र सहायक प्रशिक्षकलाई पहेलो कार्ड देखाएका थिए ।

पहिलाे हाफकाे थप गरिएकाे समयमा जमोलले गोल गर्दै फ्रेन्ड्सलाई ३-१ को अग्रता दिलाए । निसेन सुब्बाको फ्रिकिक बललाई जमोलले हेडमार्फत् गोल गर्न सफल भएका थिए ।



७६ औँ मिनेटमा जामाेलले व्यत्तिगत दोस्रो गाेल गर्दा फ्रेन्डस ४-१ ले अघि बढ्याे । उनले प्रिजेन तामाङकाे पासलाई सदुपयाेग गरेका थिए ।

७८ औँ मिनेटमा प्रिजेनकाे पासलाई सदुपयाेग गर्दै सुशिलले व्यत्तिगत दोस्रो गाेल गरेपछि फ्रेन्ड्स ५-१ ले अघि बढ्याे ।

८६ औँ मिनेटमा अनिलले पेनाल्टीमार्फत् ब्रिगेडका लागि दोस्रो गाेल गरे । रुडी जोनाथनलाई प्रिजेन तामाङले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि रेफ्रीले ब्रिगेडलाई पेनाल्टी प्रदान गरेका थिए। जसमा कप्तान अनिल चुकेनन् ।

जितसँगै १० खेलमा पहिलाे जित निकालेर ६ अंक जाेड्दै १२औँ स्थानमा उक्लिएकाे फ्रेन्ड्स रेलिगेसन जाेनबाट बाहिर निस्कँदा समान खेलबाट समान अंक भए पनि ब्रिगेड रेलिगेसन जाेनमा झरेकाे छ ।

  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १५:३४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया