थप एक हजार १२८ काेराेना संक्रमित, १४ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप एक हजार १२८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
 
देशभरका विभिन्न प्रयाेगशालामा २० हजार ९८९ जनाकाे नमुना परीक्षण गर्दा थप एक हजार १२८ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

यसैगरी थप १४ जना काेराेना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै हालसम्म काेराेनाबाट ज्यान गुमाउनेहरूकाे संख्या ११ हजार ८७८ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा २ हजार २१५ जना संक्रमणमुक्त हुँदा हाल सक्रिय संक्रमितको सङ्ख्या २७ हजार ४४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार २६५ डोज खोप लगाइएकाे छ ।





  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १७:१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया