एमसिसीलाई संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिऊँ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना एमसिसीलाई संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिनुपर्ने बताएका छन् ।

शुक्रबार कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता कोइरालाले एमसिसीलाई सम्भव भए राजनीति दलबीचको सहमतिबाट नभए संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिनुपर्ने बताएका हुन् ।

'यदि एमसिसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसदको क्षमतामाथि नै गम्भीर प्रश्नहरू तेर्सिने छ' उनले भने ।

उनले नेपालको विकासका लागि आएको अनुदानलाई सस्तो लोकप्रियताका लागि विभिन्न रंग दिएर केही व्यक्ति र पार्टीहरूले राजनीति गरिरहेको बताए ।

उनले एमसिसी परियोजनालाई विश्वले नै कौतुहलतापूर्वक हेरिरहेको पनि बताए । उनले नेपाल सरकार तथा संसदको परीक्षणको विषय बनेको एमसिसी परियोजना अब सहयोग र अनुदानमा माथि उठिसकेको बताउँदै यसप्रति गम्भीर बन्नु पर्ने परिस्थिति आएको बताए ।

'एमसिसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सीमित रहेन । यो विषय निकै माथि उठिसक्यो । यसप्रति हामी निकै गम्भीर बन्नु पर्ने परिस्थिति छ । यो परियोजनासँगै हाम्रो कूटनीतिक कुशलता र देशलाई नेतृत्व दिने क्षमता जोडिन्छ भन्ने मलाई लाग्दछ,' उनले भने ।





  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १७:४६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया