सरकारी सम्पत्ति फर्काउन नसके एक सेकेन्ड पनि मन्त्री पदमा बस्दिनँ : प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन् ।

शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पत्ति फिर्ता गर्न नसके आफू एक सेकेन्ड पनि पदमा नबस्ने बताएका हुन् ।

राज्यको दोहन भएको सम्पत्ति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उनले बताए । विगतदेखि नै सरकारी जग्गामा अतिक्रमण भइराखेको भए पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने उनले बताए ।

‘नारायणहिटी दरबार संग्रहालयको कुरा भो, धर्मशालाको कुरा भयो । मैले भनेको छु साथीहरूलाई पब्लिकको कोर्टमा यो बल गएको छ । यदि यो प्रोर्पटी हामीले रिटर्न ल्याउन सकेनौँ भने म त एक सेकेन्ड त्यहाँ बस्नेवाला छैन म,' उनले भने ।

पदमा बसुन्जेल इमान्दारपूर्वक देशको लागि काम गर्ने मन्त्री आलेले प्रतिवद्धता व्यक्त गरे । मन्त्री आलेले सरकारी नियुक्ती पाएका कर्मचारीहरूले अन्य व्यक्तिहरूसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने चेतावनी दिए ।

'कार्यालयमा नियुक्ति पाएका साथीहरू विभिन्न अर्को मान्छेसँग बसेर सेटिङ गर्ने यस्तो कामहरू भयो भने यो सह्य हुनेवाला छैन । तपाईंहरू राम्रोसँग काम गर्नुस्,’ उनले भने ।





  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १८:४५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया