पहिलाे टी- २० मा अस्ट्रेलिया विजयी

श्रीलंकाविरुद्धको पहिलो टी-२० मा घरेलु टाेली अस्ट्रेलिया विजयी भएकाे छ 

पाँच खेलको सिरिजअन्तर्गत शुक्रबार सम्पन्न पहिलो खेल अस्ट्रेलियाले डिएल मेथडकाे आधारमा २० रनले जितेको हो । 

वर्षाले खेल प्रभावित भएपछि श्रीलंकाले १९ ओभरमा श्रीलंकाले १४३ रनको लक्ष्य पाएको थियो । तर उसले पूरै ओभर ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै केवल १२२ रन मात्र बनाउन सक्यो । 

श्रीलंकाका लागि पाथुम निसान्काले सर्वाधिक ३६ रनकाे यागदान दिए । दिनेश चन्डिमलले २६ तथा चरिथ अस्लंकाले १६ रन बनाए । 

अस्ट्रेलियाका जोश हेजलउडले सर्वाधिक ४ तथा एडम जाम्पाले ३ विकेट लिदाँ प्याट कमिन्सकाे नाममा १ विकेट रह्याे ।

यसअघि सिड्नी क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अस्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन जोडेको थियो । 



उसका लागि बेन म्याकडर्मोटले सर्वाधिक ५३ रन बनाए । ४१ बलकाे सामना गरेका उनले दुई चाैका र तीन छक्का प्रहार गरे ।

मार्कस स्टोइनिसले ३० र जाेश इंग्लिसले २३ रनकाे याेगदान दिए  । 



श्रीलंकाका वानिन्दु सिल्भाले सर्वाधिक ३ तथा दुस्मान्था चमिरा, विनुरा फर्नान्डो तथा चामिका कारुनारत्नेले समान २-२ विकेट हात पारे । 
 
याे जितसँगै अस्ट्रेलियाले सिरिजमा १-० काे अग्रता लिएकाे छ । दोस्रो खेल आइतबार सिड्नीमै हुनेछ ।
 

  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १९:४४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया