मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेशमा आज (आइतबार) सार्वजनिक बिदा हुने भएको छ । मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले सार्वजानिक बिदा दिएको हो ।

मधेस प्रदेश सरकारले १ फागुनमा मनाउन लागेको जनयुद्ध दिवसको अवसरमा एक दिन सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए ।

शुक्रबार साँझ उनले एक विज्ञप्ति जारी गर्दै २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

 





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार ८:४४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया