ओमान जारी चारदेशीय अन्तर्राष्ट्रिय टि-२० सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज (शनिबार) युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
अल अमरेत क्रिकेट मैदानमा हुने याे खेल बिहान पाैने १२ बजे सुरु हुनेछ ।
नेपाल युएईलाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेल नेपालले आयोजक ओमानलाई ६ विकेटले हराएको थियो ।
युएई पनि नेपाललाई पराजित गर्दै सुखद् सुरूवात गर्ने दाउमा हुनेछ ।
हालसम्म यी दुईले तीन टि-२० अन्तर्राष्ट्रिय खेल खेल्दा नेपाल दुई र युएई एक खेलमा विजयी भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।