भारतमा पछिल्लाे २४ घन्टामा थप ५० हजार ४०७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ८०४ जनाले ज्यान गुमाएका छन् ।
यही अवधिमा थप एक लाख ३६ हजार ९६२ जना निकाे भएका छन् । भारतमा अहिले सक्रिय संक्रमितकाे संख्या ६ लाख १० हजार ४४३ रहेकाे छ ।
जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा हालसम्म ५ लाख ७ हजार १७७ जनाले ज्यान गुमाइसकेका छन् भने ४ कराेड २५ लाख ३६ हजार १३७ जनामा संक्रमण पुष्टि भइसकेकाे छ।
भारतमा हालसम्म १ अर्ब ७२ कराेड २९ लाख ४७ हजार ६८८ डाेज खाेप लगाइसकिएकाे छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।