सिनियर टोलीका लागि लोकेशको डेब्यू
फाइल फाेटाे

ओमानमा जारी चारदेशीय टि-२० सिरिज अन्तर्गत युएईविरुद्धको खेलबाट लोकेशले सिनियर टोलीका लागि डेब्यू गरेका हुन् ।

अल अमरेत क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितर फिल्डिङ गरिरहेको छ ।

लोकेशलाई अनुभवी ब्याटर शरद भेषावकरले डेब्यू क्याप दिएका थिए । लोकेश प्रधानमन्त्री कप टि–२० प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबका लागि उत्कृष्ट प्रर्दशन गरेपछि पहिलोपटक सिनियर टोलीमा परेका हुन् ।

लोकेशले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाली टि-२० इतिहासकै सर्वाधिक छिटो १४ बलमै अर्धशतक प्रहार गरेका थिए । यो खेलमा मात्र १८ बलको सामना गरेका लोकेशले १८ बलमा २ चौका र ९ छक्कासहित ६६ रनमा अविजित रहे ।

लोकेशले प्रतियोगिताभर दुई अर्धशतकसहित कुल १५२ रन बनाएका थिए । योसँगै उनी जारी सिरिजमा नेपालका लागि डेब्यु गर्ने तेस्रो नेपाल खेलाडी बनेका छन् ।  

यस अघि शुक्रबार आयोजक ओमानविरुद्ध अलराउन्डर विवेक यादव र स्पिनर सागर ढकालले डेब्यू गरेका थिए । 
 





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार १२:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया