काेराेनाका अनेकन भेरियन्ट आउन बाँकी नै छ : डब्ल्युएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले फेरि कोरोना महामारीबारे चेतावनी दिएको छ । संगठनले प्रकोप अझै समाप्त नभएको स्पष्ट पारेकाे हाे । 

संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले भविष्यमा काेराेना भाइरसका विभिन्न प्रकारका भेरियन्ट आउन सक्ने बताउँदै चेतावनी दिएकी हुन् ।

उनले भनिन्, ‘हामीले देखेका छौँ कि भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको छ । यो नयाँ रूप तथा स्वरूपमा देखा परिरहेकाे छ । त्यसैले कोरोनाको नयाँ रूपको संभावनालाई नकार्न सकिँदैन।’  

हाल स्वामिनाथन महामारीको अवस्था जान्न दक्षिण अफ्रिकाको भ्रमणमा छिन् ।

यसअघि डब्ल्युएचओका प्राविधिक प्रमुख मारिया भान कार्खोभले पनि ओमिक्रोन कोरोनाको अन्तिम रूप नभएको बताएकी थिइन् । 

‘कोरोनाको नयाँ रूप आउन सक्छ । विश्व स्वास्थ्य संगठनले ओमिक्रोनका अन्य चार संस्करणहरू पछ्याउँदैछ । ओमिक्रोनको बारेमा हामीलाई धेरै थाहा छ, तर सबै कुरा होइन । भेरियन्टको बारेमा केही भन्न गाह्रो छ । भाइरस छाेटाे समयमै परिवर्तन भइरहन्छ । यो धेरै छिटो फैलिएको हुनाले नयाँ रूपमा आउने सम्भावना पनि छ । त्यसकारण हामीले खोपलाई तीव्रता दिनुपर्छ’, उनले भनेकी थिइन् । 



डब्ल्युएचओले गत मंगलबार सार्वजनिक गरेको साप्ताहिक महामारी प्रतिवेदनअनुसार ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ । 



  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार १४:८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया