एमसिसी विशुद्ध रुपमा विकाससँंग जोडिएको छ, सस्तो लोकप्रियता कमाउन विवाद सिर्जना गरियो : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसिसीका विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताएका छन् । शनिबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसिसी परियोजना विशुद्ध रुपमा विकाससँंग जोडिएकाले विवाद गर्नुको कुनै तुक नरहेको बताएका हुन् । 

सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनको लागि यो महत्वपूर्ण विषय भएको उनले बताए । एमसिसीको विषयमा उठेका विवादका विषयमा सरोकारवाला निकायले आफनो पक्ष राखिसकेको अवस्थामा विवाद सिर्जना गर्नुले सस्तो लोकप्रियता हासिल गर्न खोजेको प्रस्ट रहेको उनको भनाइ छ । 

अध्यक्ष ठाकुरले आफ्नो पार्टीमा यसबारे कुनै विवाद नरहेको बताउँदै पार्टी छोडेर जानेहरुलाई रोक्न नसकिने बताए । स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको बताउँदै उनले समयको आवश्यकता रहेर त्यसमा निर्णय लिइनेसमेत उनले बताए । 





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार १८:१३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया