ए डिभिजन लिगः बराबरीमा रोकिए मनाङ र थ्रीस्टार

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लब बराबरीमा रोकिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन् । सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङ अंक बाँड्न बाध्य बन्यो ।​

६२औँ मिनेटमा दयानन्द सिंहले मनाङलाई सुरुवाती अग्रता दिलाए । कप्तान अञ्जन विष्टको क्रसलाई उनले हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

७१औँ मिनेटमा रितिक खड्काले थ्रीस्टारलाई १–१ को बराबरीमा ल्याए । सिम मार्टनको पासमा उनको प्रहारले पोस्टमा लाग्दै जाली चुमेको थियो । 

यो नतिजासँगै मनाङ १० खेलमा २० अंकका साथ दोस्रो तथा थ्रीस्टार समान खेलबाट १७ अंक जोडेर चौथो स्थानमा यथावत् छन् ।





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार १८:५०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया