महन्थको प्रश्‍न : एमसिसीविरुद्ध बोल्नेहरू बिआरआईबारे किन चुप्प ?

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विशुद्ध रूपले विकासमुखी कार्यक्रम रहेको दाबी गरेका छन् । 

अध्यक्ष ठाकुरले एमसीसी देशको समग्र विकासका लागि सहायक सिद्ध हुनेसमेत दाबी गरेका हुन् । 

उनले भने,‘एमसीसी कुनै सैन्य रणनीतिअन्तर्गत नभई देशको समग्र विकासका लागि सहायक सिद्ध हुन्छ । यस परियोजना अन्तर्गत नेपालमा अमेरिकी सेना नआउने स्पष्ट भइसकेको छ । कुनै सैनिक संगठनसँग पनि परियोजनाको कुनै सम्बन्ध छैन् ।’ 

परियोजनाबाट प्राप्त हुने अनुदान रकम सडक तथा विद्युतमा मात्रै खर्च हुने भएकाले यसमा शंकाको कुनै ठाउँ नरहेको उनको भनाइ छ । 

अनुदानको रकम कुन क्षेत्रमा लगानी गर्ने विषयमा समेत विज्ञहरूले प्रतिवेदन दिइसकेकोले शंका गर्न नहुने उनले बताए । 

ठाकुरले एमसीसीविरुद्धमा बोल्नेहरू चीनको बिआरआई प्रोजेक्टको विषयमा किन चुप्प छन् ? भन्दै प्रश्नसमेत गरेका छन् । 



‘बिआरआईका लागि कहाँबाट कसरी ऋण आउन लागेको छ ? ब्याज कति प्रतिशत लाग्छ ? त्यो पनि सबैलाई थाहा छ’,ठाकुरले भने,‘तर, बीआरआईबारे कोही बोल्दैनन् । एमसीसीमार्फत अनुदान आउँदा त्यसमा केको विरोध ? केको हस्तक्षेप ?’



  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार १९:५९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया