सत्तापक्षले एमसिसी संसदमा ल्याए, एमाले भाग्दैन : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमसिसी सम्झौता अनुमोदनको विषयमा धारणा प्रस्ट पार्न सत्तारुढ गठबन्धनलाई आग्रह गरेका छन् । 

शनिबार साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले गठबन्धनको धारणा आएपछि एमालेको निर्णय आउने बताए। 

प्रस्ताव संसद्‌मा ल्याएपछि एमाले संसदबाट नभाग्ने बरु प्रस्ट निर्णय गर्ने उनले बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झैँ विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा एमालेले नगर्ने उनले बताए।

जनताको बीचमा फट्याइँ कुरा गर्ने नेताहरुलाई चिनेर सचेत गराउन पनि उनले सबैलाई आग्रह गरे। वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रचण्डकै कारण नेकपा विभाजन भएको पनि दाबी गरे । 





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार २१:१३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया