पाँचथरको यासोक बजारमा भीषण आगलागी

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट झरेन्द्र खतिवडाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

अन्य दुई घरमा आगलागी भइरहेको र आगो नियन्त्रणका लागि सदरमुकाम फिदिमबाट दमकल पठाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीबाट पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार नै जोखिममा परेको छ । सदरमुकाम फिदिमबाट दुईवटा दमकल आगो नियन्त्रणका लागि पठाएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जानकारी दिएको छ । 

सदरमुकामदेखि यासोक बजार करिब २० किलोमिटर दूरीमा पर्छ । कच्ची सडक भएकोले आगलागीस्थलमा दमकल पुग्न बाँकी छ । आगलागी नियन्त्रणका लागि सदरमुकामदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई पनि परिचालन गरिएको छ । 





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार २१:२०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया