चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि

फिफा क्लब विश्वकपको उपाधि इंग्लिस क्लब चेल्सले जितेको छ । गएराति ब्रजिलयन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २-१ ले हराउँदै फिफा क्लब विश्वकपको उपाधि चेल्सीले जितेको हो । 

साउदी अरेबियाको आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट १-१ को बराबरीमा भएपछि खेल अतिरिक्त समयमा धकेलियो । ५५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाए । 

उनले कलुम हड्सन ओडोईको क्रसलाई हेडमार्फत  पोस्टको दिशा दिएका थिए । ६४ औं मिनेटमा राफयल भेइगाले पेनाल्टीमा गोल गर्दै पाल्मिरसलाई १–१ गोलको बराबरीमा ल्याए । मार्कोस रोचाको थ्रो बललाई पेनाल्टी बक्सबाट क्लियर गर्ने क्रममा थियागो सिल्भले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै पाल्मिरसलाई पेनाल्टीको अवसर प्रदान गरेका थिए । जसमा भेइगा चुकेनन् ।

त्यसपछि थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलियो । ११७ औं मिनेटमा काइ हाभर्टजले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाए ।

पेनाल्टी क्षेत्रमा कप्तान सिजर एज्पिलिक्वेटाको प्रहार लुआन गार्सियाको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायता लिदै चेल्सीलाई पेनाल्टी प्रदान गरेका थिए । त्यसमा हाभर्टज चुकेनन् ।

अतिरिक्त समयको पनि थप गरिएको समयमा लुआन गार्सिया दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि पाल्मिरस १० खेलाडीमा समेटियो । यो सिजनमा चेल्सीको यो दोस्रो उपाधि हो । जारी सिजनमै उसले युइएफए सुपर कपको उपाधि पनि उचालेको छ ।  






  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार ७:२८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया