बुन्डेस लिगामा बायर्न म्युनिख ४-२ ले पराजित

जर्मन बुन्डेस लिगाअन्तर्गत गएराति भएको खेलमा लिग लिडर बायर्न म्युनिख पराजित भएको छ । ऊ घरेलु टोली बोकमसँग ४-२ गोल अन्तरले पराजित भएको हो ।

बोकमले बायर्नलाई सन् १९९१ पछि पहिलोपटक हराएको हो । त्यतिबेला उसले २-० को जित निकालेको थियो । बायर्नलाई हराउन घरेलु टोलीका लागि क्रिस्टोफोर एन्टी अजेज, योर्गेन लोकेडिया, क्रिस्टियन गाम्वोआ र जेरिट हल्टमानले एक/एक गोल गर्न सफल भए ।

बायर्नका लागि दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । खेलको सुरुआती अग्रता भने बायर्नले लिएको थियो । नवौं मिनेटमा लेवान्डोस्कीले टोलीका लागि गोल गरे । १४ औं मिनेटमा अजेजले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

३८ औं मिनेटमा लोकेडियाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई २(१ ले अघि बढाए । जेरिट हल्टमानलाई पेनाल्टी क्षेत्रमा उपमेकानोले फउल गरेपछि बोकमले पेनाल्टी पाएको थियो ।

४० औं मिनेटमा गाम्वोआ र  ४४ औं मिनेटमा हल्टमानले गोल गरेपछि बोकमले पहिलो हाफमा ४-१ को आरामदायी अग्रता  लिएको थियो । ७५ औं  मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई खेलमा फर्काउने संकेत दिए पनि त्यो सफल हुन नसक्दा टोलीले ४-२ को हार बेहोर्‍यो ।

हारका बाबजुत पनि बायर्न २२ खेलमा ५२ अंकका साथ शीर्ष  स्थानमा कायम रहँदा जित निकालेको बोकमसमान खेलबाट २८ अंक जोडेर ११ औं स्थानमा उक्लिएको छ । 






  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार ८:११:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया